back
NMB ad

काठमाडौं पटना बोधगया सिधा यातायात सुचारू, अनलाइनबाटै टिकट काट्न सकिने

Kumari bank ad

काठमाडौं । राजधानी काठमाडौ देखि भारतका बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ ।

बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौ देखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराइ बसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुभारंभ गर्नुभयो । यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ । सोहीकार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बससेवाको वेबसाइट बससेवा डटकम(www.bussewa.com) तथा बस सेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाकाजोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इ प्रभु तथा एन आइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ ।
राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्री रघुवीर महासेठले दुई देशका बिचमा इतिहाँस देखि नै सुमधुर सम्बन्ध रहि आएकोमा पछिल्लो समय भारत र नेपालको सम्बन्ध अझ उचाइमा पुगेको बताउनुभयो । उहाँले दुई देशका बिचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवतजावतमा झनै सहजता हुने बताउनुभयो ’ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले पटना, बोधगया लगायतका क्षेत्रमा पनि सिधा यातायात सुचारू हुनाले दुई देशका बिचमा यातायात सुविधा अझ सहज हुनुका साथै यसले नेपाल र भारत बिचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने बताउनुभयो ।
यस्तै कार्यक्रममा स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का अध्यक्ष अनिल चालिसेले भन्नुभयो ‘ हामीले आगामी दिनमा पनि भारतका अन्य राज्य तथा पर्यटकीय क्षेत्रलाई लक्षित् गर्दै सिधा यातायात सेवा विस्तार गर्दै जानेछौँ । साथै हामीले यात्रुलाई टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सेवाको सुचारू गरेका छौँ’ ।

वि.स २०५६ सालदेखि काठमाडौवाट दिल्ली यात्रु वस संचालनगर्र्दै आएको यस सस्थां सन २०१४ देखि विधिवत रुपमा सरकारी स्तरवाट समेत नेपाल भारत नियमित मैत्रि वस सेवामा परीणत भएको छ । हाल काठमाडौ–दिल्ली–काठमाडौ, काठमाडौ बनारस काठमाडौका लागि नेपाल भारत नियमित मैत्री बस सेवा सञ्चालन हुँदै आएको छ । अबदेखि यी यातायातको टिकट पनि अनलाइनबाट काट्न सकिनेछ । सन् २०१४ मा भएको १८ औँ सार्क सम्मेलनका बेला नेपालका तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइराला र भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले नेपालभारत मैत्रीबसको उद्घाटन गर्नुभएको थियो ।

२०७५ भदौ २८ गते प्रकाशित

वि.सं.२०७५ भदौ २८ बिहीवार १८:५० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...