back
NMB ad

लघुवित्तहरुले गरे, लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट लघुवित्त संस्थाले लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा गरेका छन् । अहिलेसम्म ९ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अधिकांश लघुवित्तले बोनस सेयर दिने भएका छन् । लगानीकर्ताले पनि नगद लाभांश भन्दा बोनस सेयरलाई नै रुचाउँछन् ।

लाभांशको घोषणा गरेका लघुवित्तले उक्त लाभांश स्वीकृतिका लागि राष्ट बैंकमा पेश गरेका छन् । अहिलेसम्म लाभांश प्रस्ताव घोषणा गरेका मध्ये सबैभन्दा बढी किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । उसले लगानीकर्तालाई नगद लाभांश कम र बोनस सेयर बढी दिँदै छ । दोस्रो धेरै लाभांश दिन लघुवित्तमा मिर्मिरे लघुवित्त छ । उसले २४ प्रतिशत बेनस सेयर र १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तेस्रो धेरै लाभांशको घोषण ओमी माइक्रोफाइनान्सले गरेको छ । उक्त माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश दिँदैछ ।

यसैगरी, स्वरोजगार लघुवित्तले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश र मेरो माइक्रोफाइनान्सले १५ प्रतिशत बनोस सेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । यसैगरी, ममता माइक्रोफाइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र ११.०५ नगद लाभांश, फष्ट माइक्रोफाइनान्सले १२.६२ प्रतिशत नगद लाभांश र स्वदेशी लघुवित्तले १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

हाल ६५ वटा लघुवित्त कम्पनी सञ्चालनमा छन् । ९ वटा लघुवित्तले लाभांशको घोषणा गरेपनि अझै ५६ लघुवित्तले लाभांश घोषणा गर्न बाँकी छ । लगानीकर्ता ९ वटाले जस्तै घोषणा हुन बाँकी लघुवित्तले पनि हेडसम लाभांश घोषणा गर्नेमा आशावादी छन् । लघुवित्तले पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले जस्तै चुक्ता पुँजी बढाउँदै लगेका छन् । चुक्ता पुँजी बढाउनका लागि पनि लघुवित्तले नगद भन्दा वोनस सेयर वितरण गरिरहेका छन् ।

ग्रामिण क्षेत्रका कुनै ठाउँमा बाहेक अहिले लघुवित्त खोल्न पाइदैन् । तर, एक वर्ष अघि एकै समयमा करिव सय लघुवित्त कम्पनी स्थापना गर्न राष्ट बैंकले स्वीकृति दिएपछि लघुवित्तको सख्या पछिल्लो समय ह््वात्तै बढन पुगेको हो ।

२०७५ भदौ २९ गते प्रकाशित

वि.सं.२०७५ भदौ २९ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...