back
NMB ad

धार्मिक तीर्थस्थल देवघाटमा पर्यटन बिकासका लागि गुरुयोजना बनाउँदै

Kumari bank ad

दमौली, । विश्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ ।

तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटकीय स्थल बनाउने गरी गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । उक्त गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिनेछ ।

पर्यटकीय सम्भावना बोकेको आश्रम, धाम तथा धार्मिक क्षेत्रमा दृश्यावलोकनका लागि आकर्षण बढाउन महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रमा भ्यूटावर, भ्यूप्वाइन्ट, सामुदायिक वनमा पर्यटन प्रवद्र्धन, घरवास र पिकनिक स्थलका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाले प्रत्येक वडालाई छुने गरी पर्यटन सर्किटको अवधारणासमेत अघि सारेको छ । देवघाट–५ धार्मिकस्थलबाट प्रस्थान गरी देवघाट–१ गाउँपालिका स्तरीय रङ्गशाला अवलोकन, छरछरे झरना देवघाट–२ कराँदीप घरवासमा बास देवघाट–२ खाल्टे पार्क हुँदै कृषि अनुसन्धान केन्द्र, देवघाट–३ छिपछिपे भञ्ज्याङमा बास, देवघाट १ घण्टाचुली हुँदै देवघाट–४ सङ्ग्राहलय, सोलीघोप्टे भीर, प्याउली गढी, काफलडाँडा घसवासमा बास हुँदै गाईघाट अन्तिम बिन्दुको देवघाट गाउँपालिकालाई पर्यटन सर्किट बनाइने थापाले ्रबताउनुभयो ।

२०७५ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७५ भदौ ३१ आइतवार १७:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...