back
NMB ad

ग्लोबल आइएमई बैंक लिमिटेड र न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटल बीच सम्झौता।

Kumari bank ad

ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटल, विराटनगर बीच मिति २०७५ भाद र २८ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक श्री राजेश भट्टरा ईज्यू र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक श्री शशि शेखर शर्मा ज्यू ले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्था सँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट प्रिभिलेज कार्ड लिएका बैकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवा को पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर,१०२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा ,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारत मा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार ,युएई, बहराइन, जोर्डन अस्ट्रेलिया बेलायत र भारत लगायत का मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ ।

 

२०७५ असोज १ गते प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार ११:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...