back
NMB ad

दैनिक २ अर्ब ६ करोड ८४ लाख रेमिट्यान्स नेपाल भित्रिन्छ

Kumari bank ad

काठमाडौं । बिभिन्न मुलुकमा गएका नेपालीले दैनिक २ अर्ब ६ करोड ८४ लाख भन्दा बढी रेमिटयान्स नेपालमा भित्र्याउने गरेका छन् । गत वर्ष कुल कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्स नेपालमा भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । उक्त रमकलाई दिनमा गन्ती गर्दा दैनिक २ अर्ब ६ करोड ८४ लाख हुन आउँछ । दैनिक सरदर १५ सयको हाराहारीमा नेपाली कामको खोजी र अध्ययनका लागि विदेश जाने गरेका छन् । उनीहरुले खर्च गरेर बचाएको रकम नेपाल पठाउने गर्छन् ।

अबैधानिक रुपमा नेपाल भित्र्निे रेमिटयान्स पनि उक्त तथ्यांककै हाराहारीमा रहेको अनुमान गरिएको छ । तर, त्यसको कुनै लेखाजोखा छैन् । भारतलगायतका छिमेकी देशमा जाने कतिपय नेपालीले आफैं पैसा बोकेर आउँछन् भने केहीले हुन्डीलगायत गैरकानुनी च्यानल मार्फत पठाउँदै आएका छन् । यसरी ती माध्यमबाट आएको पैसाको रेकर्ड कतै छैन् । बैधानिक रुपमा भित्रिने रेमिटयान्समध्ये ७० प्रतिशतभन्दा बढी खाडी मुलुकबाट आउने गरेको छ  ।

खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स (दुबई) र बहराइनबाट ठूलो मात्रामा रेमिटयान्सन नेपाल भित्र्ने गरेको छ । केही वर्षयता साउदी र कतारको हिस्सा घट्दै छ भने मलेसियाको अंश बढन थालेको छ । मलेसियमा अन्य देशको तुलनामा बढी नेपाली जान थालेपछि रेमिटयान्स पनि बढी आउन थालेको हो । अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका आदिबाट पनि प्रशस्त मात्रमा रेमिटयान्स मुलुक भित्रिंदै आएको छ ।

खाडी राष्ट्रहरूको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ  । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रिन्छ  । अहिले पनि दक्षिण कोरिया लगायतका देशबाट ठूलो परिणाममा अवैधबाटोबाट रकम आउने गरेको छ ।

२०७५ असोज ४ गते प्रकाशित

वि.सं.२०७५ असोज ४ बिहीवार ११:११ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...