काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेसनल माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसमा २५५ बोनस सेयर वितरणपछि पुँजी १५ करोड ४ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
१२ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित लाभांश बितरण पश्चात चुक्ता पूँजी १५ करोड ३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा १९ प्रतिशतले खुद नाफा बढाएर प्रति शेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा कायम गरेको माइक्रोफाइनान्सको प्रति शेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ०८ पैसा रहेको छ ।
२०७५ असोज ५ गते प्रकाशित
वि.सं.२०७५ असोज ५ शुक्रवार १४:५८ मा प्रकाशित