back
NMB ad

जरामा जीवनको कला भर्दै मीनबहादुर

Kumari bank ad

जमुना वर्षा शर्मा

कास्की, । पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष ९शोरुम० छ ।
शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता । एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका सेवानिवृत्त हुनुहुन्छ । चापाकोटका बुबा हर्कबहादुर राना र आमा डम्बरकुमारी रानाका सन्तान मीनको बसोबास अहिले भने घारीपाटन हो । विसं। २०१८ मा जन्मिनु भएका उहाँ सिर्जनात्मक कलामा निकै रमाउनुहुन्छ ।

उहाँ १३ वर्षको उमेरमै दाजुसँग भारत पुग्नुभयो । खै किन पढ्न अनुकूल मिलेन । सत्र वर्षका उमेरमा उहाँ भारतीय सेनामा भर्ना हुनुभयो ।

“पाँच कक्षा पढेँ कि पढिन थाहा पाइन, तर भर्ती हुँदा पाँच कक्षा उत्तीर्णको प्रमाणपत्र पेश गरेको हुँ,” पढाइबारे हाँस्दै उहाँले यथार्थ खोल्नुभयो ।

सेवाको १७ वर्षमै भारतीय सेनाबाट निवृत्त भएपछि उहाँ नेपाल आउनुभयो । त्यसपछिको दैनिकी भने के गरौँ र कसो गरौँ हुन थाल्यो । समयको सदुपयोग पनि गर्नु थियो । अर्कातर्फ श्रीमती र चार सन्तानको शिक्षा, दीक्षा पालनपोषणका लागि आर्थिक अवस्थालाई मजबुत बनाउनु पनि थियो । महँगीको जमाना उपदानको मात्रै भरले थेग्न गाह्रो थियो । त्यसैले कुनै पेशा व्यवसाय समात्नु उहाँको बाध्यता थियो । के व्यवसाय गर्ने निधो भने गर्न सक्नुभएको थिएन । मनमस्तिष्कमा कला मडारिरहेको थियो तर उहाँले आफ्नो क्षमताको पहिचान भने गर्न सक्नुभएको थिएन । यसै बेचैन हुनुहुन्थ्यो उहाँ ।

पन्ध्र वर्षअघि रातोपैह्रोको सामुदायिक वनमा गोडानी गरियो । वनमाराले वनलाई घेरेको थियो । वनमारा निकालेर एकै ठाउँमा थुपारियो । मीनका आँखा वनमाराका जरामा परे । उहाँका आँखाले विभिन्न आकृति देख्न थाल्यो । चरा, मान्छे, कहिँकतै खुट्टा नभएको मान्छेको आकृति जस्तो, कतै हात नभए जस्तो, एउटा अमूर्त आकृति जरामा देखिन थाल्यो । उहाँले सँगालेर घर ल्याउनुभयो, घोरिएर हेर्नुभयो, जति हे¥यो उति गजब लाग्न थाल्यो । भित्रभित्र भएको सिर्जनशील कलाले उहाँका आँखा तिखारिरहेको थियो, आँखा झिम्कन मान्दैनथे । अनि प्राकृतिक रुपमै ती कलाकृति सजाउन थाल्नुभयो । कहिँकतै रुखका जरा देख्यो कि घरमा ल्याउने र हेर्ने, कुनै न कुनै आकृति भेटिन्थ्यो, त्यसै रमाउँथ्यो उहाँको मन ।

यसरी जरा सङ्कलन गर्दै जाँदा व्यावसायिक रुपमै यस पेशालाई अघि बढाउने उहाँको सोच बन्यो । उहाँले ‘मोर्डन आर्ट ग्यालरी’ बाट कला व्यवसायलाई अगाडि बढाउनुभयो ।

कति विदेशी कलाप्रेमीले कुनै रङगविनाको कलाआकृति मन पराउँथे भने त कतिले क्रृत्रिम सुन्दरता खोज्ने गर्थे । काम गर्दै जाँदा कलाप्रेमी ग्राहकको मनोविज्ञान पनि उहाँले बुझ्दै जानुभयो । अनि उहाँले जुक्ति निकाल्दै त्यही आकृतिमा अलिअलि रङगरोगन थपेर क्रृत्रिम रुपमा केही सजिसजाउ गरेर आकर्षक बनाउन थाल्नुभयो । जस्तो खोज्न आउँछन्, त्यस्तै कलाकृति तयार गरेर बेच्नु उहाँको दैनिकी बन्यो ।

विगत १५ वर्षदेखि उहाँको दैनिकी यसरी नै बितिरहेको छ । झण्डै १०० कला आकृति उहाँको ‘मोर्डन आर्ट ग्यालरी’ मा देख्न सकिन्छ । रु ५० देखि चार लाखसम्म उहाँका कलाको मूल्य छ । उहाँले चरा, विभिन्न धर्म संस्कार, मृत्यु संस्कारका चित्राकृति, विभिन्न जातजातिको संस्कृति, जनावरका आकृति, देवीदेवताका म्ूर्तिलगायत मागअनुसारका सम्पूर्ण मूर्ति बनाउँदै आउनुभएको छ । सिक्न चाहनेका लागि गुरु बन्न पनि उहाँ तयार हुनुहुन्छ, तर सिक्न खोज्ने नेपाली मन भने भेट्नुभएको छैन । बरु विदेशी पर्यटक आएर उहाँलाई गुरु बनाइसकेका छन् । हालसम्म उहाँ १५ जना विदेशीका कला सिकाउने गुरु बनिसक्नुभएको छ । केही समयअघि महिलाहरुलार्ई चरा बनाउने तालीम दिनुभएको थियो ।

“नेपाली बढी कृत्रिमतामा ढालेको खोज्छन् तर विदेशीले प्राकृतिक आकृति मन पराउँछन्,” उहाँले भन्नुभयो, “नेपालीलाई आफ्नो कला संस्कृतिप्रति त्यति रुचि बढ्न सकेको छैन ।”

आजकाल उहाँको व्यस्तता दिनदिनै बढिरहेको छ । उहाँले तार, फोम, कागज, खरानी, फेबिकोल, झारपात, काठको धुलो, रङ्ग, कुखुराको प्वाँखलगायत सामग्रीको प्रयोगले विभिन्न सुन्दर मूर्ति एवं कलाकृति बनाउँदै आउनुभएको छ ।

आगामी दिनमा नेपालका आदिवासी जनजातिको संस्कृतिलाई कलामार्फत विभिन्न जातजातिको संस्कृतिको प्रचारप्रसार गर्ने उहाँको सोच छ । विदेशीले पनि नेपाली संस्कृतिका कला रुचाएपछि उहाँको सोच पनि यतातिर बढ्दै गएको छ ।  रासस

२०७५ असोज १२ गते प्रकाशित

वि.सं.२०७५ असोज १२ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...