back
NMB ad

बैंक अफ काठमान्डूको बोनस सेयर पाउन पहिला कर तिर्नुपर्ने

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमान्डूको १३.२५ प्रतिशत बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बैंकले जानकारी गराएको छ । बैंकले २०७३ असार ३१ देखि २०७५ असार ७ गतेसम्म सेयर खरिद गरेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने उल्लेख गरेको छ ।

शेयरधनीहरुले बैंक अफ काठमान्डूको खाता नम्बर ३६० ००० ३६० ०१२ मा बोनस सेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको हो । गत असार ७ गतेसम्म आफ्नो सेयर अभौतिकरण गराइसकेका सेयरधनीको भने डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकिएको बैंकले जानकारी दिएको छ ।

असार ७ गते भन्दापछि डिम्याट गराएकाहरुको पनि बोनस सेयर खातामै जम्मा गरिदिने तयारी भइरहेको बैंकको भनाई छ ।
तर, हालसम्म पनि सेयर डिम्याट नगराउनेहरुलाई बैंकले छिटो गर्न आग्रह गरेको छ । आफूलाई पायक पर्ने निक्षेप सदस्य वा सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा गएर गर्न डिम्याट गर्न सकिनेछ ।

साथै अहिलेसम्म पनिसेयरलाई डिम्याट नगराएका लगानीकर्तालाई भने कुनै पनि निक्षेप सदस्यकोमा गएर सेयर डिम्याट गराउन आग्रह गरेको छ कागजी सेयर प्रमाणपत्र डिम्याट भए पछि मात्र बैंकले बोनस सेयर खातामा जम्मा गरिदिनेछ । बैंकको २०७५ असार २८ गते सम्पन्न २३ औं साधारण सभाले १३.२५ प्रतिशत बोनश शेयर पारित गरेको थियो ।

२०७५ असोज १९ गते प्रकाशित

वि.सं.२०७५ असोज १९ शुक्रवार १५:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...