Logo

आजैवाट कारोवार गर्नुहोस्, कालिका पावरको ६० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । कालिका पावर कम्पनीले ६० लाख कित्ता शेयर सूचीकरण गराएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको १८ लाख कित्ता आईपिओ सहित कूल ६० लाख कित्ता शेयर सूचीकरण गराएको हो ।शेयर सूचीकरणसँगै कम्पनीको शेयर कारोबार पनि असोज २५ गते बिहीबारदेखि नै खुला भएको छ ।

कालिका पावरले सेयर कारोबारका लागि ‘केपीसीएल’ संकेत पाएको छ । कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आइपीओ अहिले सूचीकरण भएको हो । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रतिमेगावाट २३ करोड १० लाख रुपैयाँ छ । आयोजनाको कुल लागत एक अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

२०७५ असोज २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com