back
NMB ad

गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता

Kumari bank ad

कावासोती । दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको छ ।

प्रत्येक वर्ष सञ्चालन हँुदै आएको प्रतियोगिता यस वर्ष कात्तिक ११ गतेदेखि शुरु हुने आज पत्रकार सम्मेलनमा आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा विभागीय तथा ‘ए’ डिभिजनका टोलीको समेत सहभागिता रहने छ । विजेताले रु चार लाख उनान्सय हजार ५५५ तथा उपविजेताले रु दुई लाख पचपन्न हजार ५५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

खेलको माध्यमबाट युवालाई वन र वन्यजन्तु संरक्षणमा लाग्ने उत्पे्ररणा जगाउन समेत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल सरकारसहित विभिन्न गैह्रसरकारी संस्थाको समेत सहयोग रहने बताइएको छ ।

२०७५ असोज २९ गते प्रकाशित

वि.सं.२०७५ असोज २९ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...