back
NMB ad

दसैंमा पाएको दक्षिणाले धमाधम सेयर किन्दै सर्वसाधारण

Kumari bank ad

काठमााडौं । मैतिदेवीकी अर्चना पनेरुले दसैंमा पाएको दक्षिणा अन्त खर्च नगरी सेयरमा लगानी गरेकी छिन् । थोरै रकमले समेत सेयर किन्न सकिने अवस्था आएपछि उनले यस्तो गरेकी हुन् ।
अर्चनाले टिका लगाएर १८ हजार रुपैयाँ पाएको बताइन् । उनले त्यस्तो रकमले सिभिल बैंकको एक सय कित्ता सेयर किनेकी हुन् । अर्चनाले पाएको दक्षिणाले सय कित्ता सेयर खरिद गर्न सकिने देखेपछि उनले उक्त बैंकको सेयर खरिद गरेकी हुन् । दसैंपछि पहिलो पटक खुलेको आइतबारको सेयर बजारमा सिभिल बैंकको प्रतिकित्ता सेयर एक सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।
अर्चनाले मात्रै होइन, बालाजुकी सरिता कुँवरले पनि दक्षिणाले सेयर किनेको बताउँछिन् । उनले आफूसँग केही रकम रहेको र दक्षिणा समेत गरेर प्रभु बैंकको सेयर ५० कित्ता किनेको बताउँछिन् । उक्त बैंकको सेयर प्रतिकित्ता २ सय ४९ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय सेयर बजार निकै तल ओर्लिएका कारण दक्षिणाको रकमले समेत सेयर खरिद गर्न सक्ने अवस्था आएको उनीहरुको भनाइ छ । तर, दुई वर्ष अघि त थोरै तिनो रकमले सेयर खरिद गर्न सक्ने अवस्था थिएनन् । त्यसबेला दक्षिणाको रकमले सस्तो कम्पनीको सेयर पनि १० कित्ता किन्न सक्ने अवस्था नभएको अर्चनाको भनाइ छ । अहिले किनेको सेयर एक वर्ष भित्रमै दोब्बर मुल्य पाउने अपेक्षा उनले गरकै कारण यसो गरेको उनले बताइन् ।
सेयर बिक्री गर्ने भन्दा खरिद गर्नेको लगानीकर्ताको चाप बढेको ब्रोकरको भनाइ छ । नेपालीको महान चाड बडा दसैं पछि खुलेको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ४.८९ अंकले उकालो लागेको छ । लगानीकर्ताहरु दसैं मनाएर फर्कदैँ छन् । यस्तो समयमा उनीहरुलाई नेप्से हरियोले स्वागत गरेको छ । नेप्सेको सूचकले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
लगानीकर्ता दसैं मनाएर फर्कि नसकेकाले आइतबार १४ करोड पाँच लाख ४९ हजार रुपैयाँको सेयर मात्र कारोबार भएको छ ।
दसैं अघिको अन्तिम कारोबार दिन असोज २९ गते भने करिव ३४ करोडको कारोबार भएको थियो ।
आइतबार बजार खुले देखि नै क्रमश सुधार हुँदै आएको थियो । बजार बन्द हुँदा सम्म बजार बढेर १२४६.५२ बिन्दुमा पुगेको छ । उक्त दिन १२४ कम्पनीका ७ लाख ७२३ कित्ता सेयर दुई हजार २०४ पटक खरिद बिक्री भए ।
हालसम्म गत आर्थिक बर्षको नाफाबाट बोनस घोषणा नगरेका वाणिज्य बैंकहरुको सेयर लगानीकर्ता तानिएका छन् । चालू आवको प्रथम त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा पुगेका र लाभांश घोषणा हुन बाँकी रहेकाले पनि वाणिज्य बैंकमा लगानीकर्ता तानिएका हुन् ।
आइतबार कारोबार हुने १० कम्पनीहरुको सूचीमा सबै बाणिज्य बैंक रहेका छन् । प्रभु बैंकको सबैभन्दा धेरै तीन करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी, एनआईसी एशिया बैंकको एक करोड ८१ लाख र एनएमबि बैंकको एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सिभिल बैंक, मेगा बैंक, जनता बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सीयल बैंक, सानिमा बैंक र कुमारी बैंकको धेरै कारोबार भएको छ ।

२०७५ कात्तिक ५ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ५ सोमवार १५:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...