Logo

सानिमा बैंकले सवैभन्दा बढी १४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । गत आर्थिक बर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक पहिलो बनेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँको १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउन विगतमा बोनस सेयर दिएपनि अहिले बैंक नगद लाभांशमा सीमित भएको छ । सानिमाले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ३६ लाख ६३ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । घोषित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

२०७५ कार्तिक १५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com