काठमाडौं । प्रभु बैंकले तीन महिनामै ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यही तीन महिनाको अवधिमा ३४ करोड ८७ लाख नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तीन महिनामा भन्दा २४ करोड ९६ लाख रुपैयाँ बढी बैंकले कमाएको छ । यो प्रतिशतको हिसावमा गणना गर्ने हो भने ७१ प्रतिशत भन्दा माथि हो । लगानीकर्ता प्रभु बैंकले यस वर्षको नाफा बढाउने अपेक्षा गरेका कारण गत साता सेयर खरिद गर्न झुम्मिएका थिए । गत साता सबैभन्दा बढी सेयर खरिद बिक्री यही बैंकको भएको थियो ।
२०७५ कार्तिक १८ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक १८ आइतवार ११:३६ मा प्रकाशित