back
NMB ad

३७ किलो चरेससहित पक्राउ परे स्थानीय जनप्रतिनिधि

Kumari bank ad

रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका-५ का वडा सदस्य हुन् ।

शनिबार राति करीब ८ बजेको समयमा उनीहरुलाई बुटवल उपमहानगरपालिका-१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको थियो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने प्रहरीको अनुमान छ ।

२०७५ कार्तिक १८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १८ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....