back
NMB ad

तामाकोशीको आइपीओ भर्ने आज अन्तिम दिन, हिजोसम्म साढे दुई गुणा आवेदन पर्यो

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले खुल्ला गरेको आइपीओ भर्ने म्याद आज सकिदैछ । आइतबारसम्म साढे दुई गुणा बढी रकमको आवेदन परेको छ । हिजोसम्म तीन अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन परेको छ । आइतबारसम्ममा कुल २ लाख ५ हजारले आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् । यस आइपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । सेयर खरिदका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्

यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरिसकेको छ । उक्त सेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।

दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ । आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ ।

यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीको भनाइ छ ।

२०७५ कार्तिक १९ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १९ सोमवार १०:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...