काठमाडौं । सिद्धार्थ बैंकले तीन महिनामै ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यही तीन महिनाको अवधिमा ३६ करोड ६९ लाख नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तीन महिनामा भन्दा १५ करोड ८१ लाख रुपैयाँ बढी बैंकले कमाएको छ । यो प्रतिशतको हिसावमा गणना गर्ने हो भने ४३ प्रतिशत भन्दा माथि हो । पछिल्लो समय सिद्धार्थ बैंकले नाफा बढाउँदै गएको छ भने खराव कर्जा घटाउँदै गएको छ ।
२०७५ कार्तिक १९ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक १९ सोमवार १०:१५ मा प्रकाशित