काठमाडौं । प्राइम कमर्शियल बैंकमा ओम डेभलपमेन्ट बैंक गाभिने भएको छ । एक महिनाभित्र एकिकृत कारोबार गर्ने तयारी भइरहेको उनीहरुको भनाइ छ ।
दुबै बैंकले गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् ।
दुई बैंक मर्जभएपछि चुक्ता पुँजी करिव दश अर्ब पुग्नेछ । बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्नेछ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।
सम्पति तथा दायित्वको मूल्याङ्कन (डिडिए)का आधारमा सेयर स्वाप रेसियो तय गरिने बताइएको छ । प्राइम र ओम डेभलपमेन्ट बैंकले यसअघि नै एक्विजिसनमा जाने सम्झौता सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले ती दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।
२०७५ कार्तिक २६ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक २६ सोमवार १०:०२ मा प्रकाशित