back
NMB ad

सेयर अनलाइन कारोबारमा अलमल, नेप्सेमा भारी गिरावट

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आधुनिक प्रविधि अनलाइनबाट सेयर कारोबार गर्ने औपचारिक घोषणा गरेपनि त्यसको प्रयोगका सम्बन्धमा ब्रोकरहरु अलमलमा पर्दा कारोबारमा समेत प्रभाव परेको छ । तिहारपछि पहिलो दिन आइतबार खुलेको सेयर बजारमा ब्रोकर त अलमलमै परेका थिएन नै । त्यससँगै लगानीकर्ता पनि अलमलमा परेका थिए ।

नेप्सेलाई पनि भर्खर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन हम्मेहम्मे परेको थियो । आइतबार पनि बजार खुल्दा नेप्से साइटमा समस्या देखिएको थियो । ब्रोकरहरुले पनि सहज तरिकाले नयाँ सिस्टम अझै चलाउन सकेका थिएनन् । त्यसैका कारण आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । नेप्से सूचक आइतबार १७.३१ अंकले घटेर १२०५.२२ विन्दुमा आइपुगेको छ । उक्त दिन १२५ कम्पनीको ९ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३ लाख १४ हजार २९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल ९ वटा समूहको सेयर कारोबार भएकोमा २ वटा समूह बाहेक सबै समूहको सेयर घटेको थियो । दुईवटा समुहको सेयर भने बढेको थियो । साताको पहिलो दिन आइतबारको कारोबार रकममा प्रभु बैंकले अग्रता लिएको थियो । उक्त दिन प्रभुको ८४ लाख ८८ हजार रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र एनआइसी एसिया बैंक परेका छन् । उक्त दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा अपि पावरका लगानीकर्ता परेका छन् ।

२०७५ कार्तिक २६ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २६ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...