काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तीन महिनामै १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यही तीन महिनाको अवधिमा ८९ करोड ४९ लाख नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तीन महिनामा भन्दा करिव १६ करोड रुपैयाँ बढी बैंकले कमाएको छ । पछिल्लो समय सिद्धार्थ बैंकले नाफा बढाउँदै गएको छ भने खराव कर्जा घटाउँदै गएको छ । अहिलेसम्म १३ बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण मध्ये सवैभन्दा बढी कमाउने बैंक भएको छ । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् ।
२०७५ कार्तिक २९ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:४१ मा प्रकाशित