back
NMB ad

नेप्से दुई दिनदेखि निरन्तर उकालो, लगानीकर्ताको ध्यान प्रभु बैंकको सेयरप्रति

Kumari bank ad

काठमाडौं । मंगलबार र बुधबार दुई दिन सेयर बजार मापक नेप्से उकालो लागेको छ । त्यसभन्दा अघिल्ला दिन आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार पछिल्ला दुई दिनमा भने बढेको छ ।

पछिल्लो समय प्रभु बैंकको सेयरप्रति लगानीकर्ताको ध्यान गएको छ । बुधबार प्रभु बैंककै सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ । उक्त बैंकले चालु आर्थिक वर्षको तीन महिनामा राम्रो नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ताहरु प्रभु बैंकको सेयर खरिद गर्नतिर लागेको ब्रोकरहरु बताउँछन् । आगामी दिनमा प्रभु बैंकको सेयर खरिद गरेर नाफा गर्न सकिने सम्भावना देखेका कारण लगानीकर्ताको आखाँ प्रभु बैंकको सेयर प्रति गएको हुनुपर्ने बिश्लेषकहरु बताउँछन् ।

अनलाइनबाटै सेयर कारोबार हुन थालेपछि सेयर बजारमा सुधार देखिएको हो । अन्तराष्टिय बजारमा पनि नयाँ प्रविधिबाट सेयर कारोबार हुँदा बजार बढने गर्छ । नेपालमा पनि त्यही क्रमले निरन्तरता पाएको हुनुपर्छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मापक नेप्से मंगलबार करिव १४ अंकले बढेको थियो भने बुधबार करिव १ अंकले मात्र बढेको छ ।

आइतबार र सोमबार दोहोरो अंकले घटेर नेप्से १२ सय अंक भन्दा तल आइपुगेको थियो । तर, मंगलबार १३.९७ बिन्दु र बुधबार ०.९८ विन्दुले नेप्से बढेपछि १२०८.५६ बिन्दुमा पुगेको छ । कात्तिक २० गतेदेखि नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आधुनिक प्रविधि अनलाइनबाट सेयर कारोबार गर्ने औपचारिक घोषणा गरेपनि त्यसको प्रभावकारी कार्यान्वय हुन नसकेपछि साताको पहिलो दिन र दोस्रो दिन सेयर बजारमा खासै सेयर किनबेच हुन सकेको थिएन ।

अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकरहरु अलमलमा पर्दा कारोबारमा समेत प्रभावित हुन पुगेको थियो । तर, पछिल्ला दुई दिनमा अनलाइन कारोबारमा सुधार भएको छ । पछिल्लो दुई दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम नगद लाभांश वितरण गर्न थालेकाले पनि सेयर बजार उकालो लाग्न गएको कतिपयको बुझाइ छ । वाणिज्य बैंकहरुले पनि एकपछि अर्को गर्दै लाभांश घोषणा गर्न थालेका छन् । यसले पनि सेयर बजारमा सुधारको संकेत देखिएको हो ।

२०७५ कार्तिक २९ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २९ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...