back
NMB ad

तामाकोशीकोे सेयर मंगलवार बाडँफाँड हुने

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको प्राथमिक सेयर निष्कासन (आइपिओ) बाँडफाँड भोली मंगलबार हुने भएको छ । धितोपत्र बोर्ड र आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबीच उक्त सहमति भएको हो ।

माथिल्लो तामाकोशी आयोजनाले सर्वसाधारणलाई निष्काशन गरेको १ करोड ५० लाख ९० हजार ७५० कित्ता सेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।

एउटै व्यक्तिले दोहोरो आवेदन दिएका कारण माथिल्लो तामाकोशीको आइपिओ बाँडफाँड पर धकेलिन पुगेको थियो । सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि दुई पटक आईपिओ निष्काशन भएपनि तेस्रो पटक सर्वसाधारणलार्ई निकालिएको सेयरमा पनि तिनै आवेदकले दोहोरो आवेदन दिएका कारण धेरै समस्या आएको हो ।

तामाकोशीको प्राथामिक सेयर निष्कासन (आइपिओमा)मा ६ हजार जनाले दोहोराएर आवदेन दिएका थिए । दोहोराएर आवेदन दिनेले सेयर नपाउने भएका छन् । दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुने सेयर निष्कासन तथा बिक्री प्रबन्धकहरुको भनाइ छ ।

२०७५ मंसिर १० गते प्रकाशित

वि.सं.२०७५ मंसिर १० सोमवार ११:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...