back
NMB ad

नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक बस्दै

Kumari bank ad

काठमाडौं । नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज बस्दै छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बस्न लागेको हो ।

बैठक भोलीसम्म चल्नेछ । बैठकमा बंगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् भने नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गरेका छन् । त्यसैगरी, सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत बस्दैछ । उक्त बैठकमा नेपाली टोलीको नेतृत्व सहसचिव दिनेश घिमिरेले र बंगलादेशका तर्फबाट पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले टोलीको नेतृत्व गर्दै छन् ।

बैठकमा क्रसबोर्डर इन्टरकनेक्सन सम्बन्धी छलफल हुनुका साथै विद्युत् व्यापारबारे समेत दुवै पक्षबीच वार्ता हुनेछ । त्यसैगरी, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोग, नेपालको जलविद्युत्मा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट पाँच सय मेगावाट बिजुली बंगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

ऊर्जामन्त्री पुनले गत सेप्टेम्बरमा गरेको बंगलादेश भ्रमणका बेला पनि दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

पुन ऊर्जामन्त्री भएपछि नै बंगलादेशसँग ऊर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझदारीमा बंगलादेशका तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।

ऊर्जामन्त्री पुनले नेपालको जलविद्युत् बंगलादेशलाई बेच्ने वातावरण आफूले बनाउने दाबी गर्दै आएका छन्। उनले नेपालमा उत्पादित बिजुली खपतका लागि आन्तरिक बजार बनाउनुका साथै क्षेत्रीय बजार निर्माणका लागिसमेत पहल गरिरहेका छन् । मन्त्री पुनकै पहलमा चीन र बंगलादेशसँग ऊर्जा सहकार्यमा हस्ताक्षर भएको थियो ।

२०७५ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १७ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...