काठमाडौं । समकालिन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको छ । यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने छन् । मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ ।
यस मुद्दती योजनामा गा्रहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको छ । साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ । उपरोक्त ब्याज दर यहि २०७५ मंशिर १९ गते देखि लागु हुने छ ।
२०७५ मंसिर १८ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १८ मंगलवार १७:२६ मा प्रकाशित