back
NMB ad

कृषि विकास बैंकको सिइओ हुन आधा दर्जन भन्दा बढी इच्छुक

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन आधा दर्जन भन्दा बढी बैंकरले इच्छा देखाएका छन् । आगामी सोमबारसम्म आवेदन दिन सकिने भएकाले पनि बैंकको सिइओ हुन अझै बढी इच्छुक हुने सम्भावना रहेको कृषि विकास बैंकका एक उच्च अधिकारीले बताए ।

साढे २ लाख तलब पाउने भएकाले पनि बैंकर कृषि विकास बैंकको सिइओ हुन बढी लालायित देखिएका हुन् । बैंकका सिइओ लिलाप्रकाश सिटौलाको कार्यकाल सकिएपछि सरकारले गत मंसिर ९ गते सरकारी लगानीको कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मागेको थियो । बैंकले एक सूचना प्रकाशित गरी १५ दिनभित्र दरखास्त आह्वान दिन अपिल गरेको छ ।

व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण वा चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण गरी बैंकिङ क्षेत्रमा अधिकृतस्तर वा सोभन्दा माथिको पदमा १० वर्ष काम गरेको अनुभव भएका व्यक्तिले मात्रै आवेदन दिन सक्ने छन् । जागिरका लागि आवेदन दिँदा ५ हजार शब्दमा नबढाइकन बिजनेश प्लान बुझाउनु पर्नेछ ।

पदपूर्ति समितिले शैक्षिक योग्यता र पेश भएको व्यावसायिक कार्ययोजनाको आधारमा आवेदकहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा राख्नेछ । र, त्यसपछि ५ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गर्न लगाएर राम्रो प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ ।

सिफारिसमा परेका ३ जनामध्ये एक जनालाई सरकारले सीइओमा नियुक्त गर्नेछ । यसरी नियुक्ति भएको सीइओको तलब मासिक २ लाख ५० हजार रुपैयाँ रहने छ । यसबाहेक अन्य सुविधाहरु हुने बैंकले जनाएको छ ।

२०७५ मंसिर २० गते प्रकाशित

वि.सं.२०७५ मंसिर २० बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...