Logo

गुरुङ, पौडेल र शर्मा बैंकर्स संघको कार्य समितिमा निर्बिरोध निर्वाचित

काठमाडौं । बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध निर्वाचित भएका छन् । बैंकर्स संघको बिहीबार बसेको ३२ औ वार्षिक साधारणसभाले उनीहरुलाई निर्वाचित गरेको हो ।

निर्बिरोध निर्वाचित हुनेमा सिभिल बैंक प्रमुख कार्र्यकारी अधिकृत गोबिन्द गुरुङ, ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।

संघले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गर्ने भएको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा पुुर्याएकोे योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको छ ।

२०७५ मंसिर २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com