Logo

आइएमई मोटर्सको नयाँ शाखा अब पोखरामा

पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे,१४–पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि—एस (सेल्स,सर्भिसरस्पेयर्स)सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गर्नुभयो । उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भन्नुभयो–“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भर पर्र्दाेब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो ।

उहाँले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो । नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस(सेल्स,सर्भिसर स्पेयर्स)साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्र्नेप्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सोही समारोहका वीच आइएमई मोटर्सका निर्देशक सन्दिप अग्रवालले आफ्नो स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु.प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराई,पोखरा शाखा प्रबन्धक, खेमवहादुर क्षेत्री लगायत अशोक लेलैण्ड– भारतका Vice President- International Operation आइएमई ग्रुपका तर्फबाट उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

२०७५ मंसिर २१ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com