Logo

‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ भोलीबाट सुरु, ४० टिमको सहभागिता रहने

काठमाडौँ । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले बिहिबार देखी ‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु गर्ने भएको छ ।

छात्र र छात्रा दुवै तर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ ।

विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । प्रतियोगिताको तयारी पुरा भइसकेको र बिहिबार एक औपचारिक कार्यक्रमका विच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।

२०७५ मंसिर २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com