back
NMB ad

बुटवल पावरको शेयरमूल्य समायोजनपछि खुल्यो कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बुटवल पावरको आइतबार शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेका बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

नेप्सेले बुटवल पावर को १० प्रतिशत बोनस पश्चात प्रतिकित्ता ३९९ रुपैयाँ नौं पैसामा शेयरमूल्य समायोजन गरेको छ । बुटवल पावर कम्पनीले गत वर्षको कमाइबाट २८ प्रतिशत लाभांश दिँदैछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश पुस २७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने बुटवल पावरले जनाएको छ ।
बुटवल पावर कम्पनीले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गरेको छ ।

पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । कम्पनीले हाल कायम २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीबाट लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित बोनसपछि चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १० करोड ३८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पहिलो त्रैमाससम्ममा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा छ ।

२०७५ पौष ८ गते प्रकाशित

वि.सं.२०७५ पुस ८ आइतवार १३:१४ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...