Logo

जलविद्युत कम्पनीको ९१ लाख २५ हजार कित्ता आइपीओ आउने

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले शुक्रबार साधारण सभा बोलाएको छ । साधारण सभा स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि समेत गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ ल्याउँदैछ ।

यसमा सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।

२०७५ पौष १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com