Logo

जोशी हाइड्रोपावरको सेयर कारोबार खुला, कतिमा खुल्यो कारोवार ?

काठमाडौं । जोशी हाइड्रोपावरको सोमबारदेखि शेयर कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको शेयर कारोबारको लागि जेओएसएचआई सिम्बोलमा कारोबार हुने भएको छ । जोशीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसासम्म रेन्ज तोकिदिएको छ ।

कम्पनीको सुरुवाती सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । कम्पनीले आइतबार ३७ लाख १४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो ।

जोशीले मंसिर १६ देखि १९ गतेसम्म निष्कासन गरेको १६ लाख ९० हजार ४७० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत भएको हो । यो आइपीओको बाँडफाँट मंसिर २५ गते भएको थियो । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

२०७५ पौष २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com