Logo

२८ प्रतिशत लाभांश दिन बुटवल पावरले बोलायो साधारण सभा

काठमाडौं । २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित बुटवल पावर कम्पनीले शुक्रबार (पुस २७ गते) साधारण सभा बोलाएको छ ।
बुटवल पावरले १०प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

बुटवल पावरले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गरेको छ । पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १० करोड ३८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पहिलो त्रैमास सम्ममा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा छ ।

२०७५ पुष २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com