back
NMB ad

मर्जरको संघारमा रहेको सहारा विकास बैंकलाई नेप्सेले एकाएक सूचिकरणबाट हटायो !

Kumari bank ad

काठमाडौँ । सहारा विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्जले सूचीकरणबाट हटाएको छ । देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारालाई कम्पनीहरुले प्रवाह गर्ने सूचना सम्झौता अनुसारको हुन नसके पछि शेयर सूचीकरण नै खारेज गरेको हो ।

नेप्सेका अनुसार सहारा विकास बैंकले घोषणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएकाले सूचीकरण खारेज गरिएको हो ।

लाभांसका सम्बन्धमा सूचना प्रकाशन गर्दा बैंकले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश दिन लागिएको सम्बन्धीत आर्थिक वर्ष तथा दाखिला बन्द मिति अनुपात तथा शेयर कित्ता वा रकम समेत नखुलाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार बैंकको शेयर यस अघि नै मर्जरका कारण रोक्का रहेकाले सूचीकरण खारेज गरिएको हो । यस विषयमा नेप्सेले सहारा विकास बैंकसँग २४ घण्टे स्पष्टीकरण पनि माग गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

२०७५ पुष २४ गते प्रकाशित

वि.सं.२०७५ पुस २४ मंगलवार १७:३९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...