Logo

कुमारी बैंकले प्रस्ताव गर्यो ८.५ प्रतिशत बोनस सेयर

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनसमा ६० करोड ८८ लाख ८८ हजार रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ ।

बैंकले तत्कालीन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड १८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

२०७५ पौष २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com