Logo

एनएमबि बैंकले १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको हो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त वोनश शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. ९. अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

२०७५ पौष २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com