back
NMB ad

कारोबार रकममा आएको सुधारसँगै सेयर बजार उकालो लाग्ने संकेत

Kumari bank ad

काठमाडौं । पुँजी बजार मापक नेप्से यो साता सुधार देखिएको छ । नेप्से ११७०.७९ विन्दुमा रहेको नेप्से बिहीबार ११८०.८४ विन्दुमा उक्लिएको छ । यो साता करिव १० अंकले नेप्सेमा सुधार देखिएको छ । नेप्से सँगै कारोबार रकममा पनि सुधार आएको छ । साताको सुरुको दिन गत आइतबार ३१ कारोड रुपैयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम दिन बिहीबार ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भन्दा बिहीबार ५ कारोड ६० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।

गत आइतबारको तुलनामा सोमबार र सोमबारको तुलनामा मंगलबार गर्दै क्रमश कारोबार रकम बढ्दै गएको छ । सोमबार ३० करोड २० लाख, मंगलबार ३४ करोड ३० लाख, बुधबार ३४ करोड ८० लाख र साताको अन्तिम दिन ३६ करोड ६० लाखको सेयर कारोबार हुन पुगेको छ । सेयर बजारमा नेप्से र कारोबारमा समेत सुधार देखिएकाले आगामी दिन बढ्ने संकेत देखिएको बिश्लेषकहरुको भनाइ छ ।

पुस मसान्तमा सावाँ, ब्याज र राजश्व तिर्नु पर्ने भएकाले पनि लगानीकर्ताहरुले सेयर बिक्री गर्दा नेप्से घटन पुगेको उनीहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । उनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा नाफा बढने निश्चित छ । यसले पनि आगामी दिनमा सेयर बजार बढन सक्ने अनुमान गरिएको छ ।

यसैगरी, अनलाइन कारोबार हुन थालेको, सेयर धितोमा पहिलेको तुलनामा बढी ऋण लिन सकिने, ऋणको ब्याजमा कमी आउने संकेत देखिएकाले पनि सेयर बजार बढने अनुमान गरिएको ब्रोकरको भनाइ छ ।

२०७५ पौष २७ गते प्रकाशित

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...