Logo

कृषि विकास बैंकले दिने भयो २१.०३ प्रतिशत लाभांश

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बिहान सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सोही बैठकले सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पठाएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने बैंकको भनाइ छ ।

२०७५ पौष २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com