back
NMB ad

प्रोजेक्ट बैंक बनाउँदै राष्ट्रिय योजना आयोग

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले सही ढङ्गले परियोजना छनौट नहुँदा परियोजना असफल हुने गरेकाले आगामी दिनमा यस्तो समस्या आउन नदिनका लागि प्रोजेक्ट बैंक बनाएर आवश्यक पूर्व तयारीका साथ आयोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्रौं योजनाको आधार–पत्र र प्रदेश नीति÷योजना आयोगले तयार गरेको आवधिक योजनाको आधारपत्रका विषयमा राष्ट्रिय योजना आयोग र प्रदेश स्तरीय योजना आयोगबीच विहिबार सम्पन्न छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले प्रदेशमा नीति÷योजना आयोग बनेपछि योजना निर्माण र कामले गति लिएको बताउनुभएको छ । कार्यक्रममा उपाध्यक्ष कंडेलले वार्षिक कार्यक्रम, आवधिक योजना र मध्यमकालिन खर्च संरचना तर्जुमा लगायतका कार्यहरुमा राष्ट्रिय योजना आयोगबाट समन्वय र सहजिकरण हुने बताउनु भयो ।


कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले राष्ट्रिय योजना आयोगबाट तयार भइरहेको नेपालको दिर्घकालिन सोच र पन्ध्रौं योजनाको हालसम्मको तयारीका विषयमा संक्षिप्त प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षहरुले आ–आफ्नो प्रदेशमा नीति÷योजना आयोगको गठन पश्चात भएका कामहरु र योजना तर्जुमामा हालसम्म भएका उपलब्धिहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यहरु, सदस्य सचिव, प्रदेश योजना आयोगका उपाध्यक्षज्यूहरु क्रमशः सुबोध प्याकुरेल, प्रदेश १, प्रा.डा हरिवंश झा, प्रदेश २, डा. खिमलाल देवकोटा, प्रदेश ३, डा. गिरिधारी पौडेल, गण्डकी प्रदेश, डा. प्रकाश श्रेष्ठ, प्रदेश ५, डा. पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश र राजेश्वर ज्ञवाली, सुदुरश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो ।

२०७५ पुष २७ गते प्रकाशित

वि.सं.२०७५ पुस २७ शुक्रवार २३:४८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...