Logo

इन्भेष्टमेन्ट, सनराइज, जनता बैंकलगायत नौ कम्पनीको साधारणसभा आज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक र जनता बैंकलगायत नौ कम्पनीको वार्षिक साधारणसभा आज (आइतबार) हुँदै छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव लादैछ । यसैगरी सनराइज बैंकले पनि आजै साधारणसभा बोलाएको छ । उक्त बैंकले ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृतका लागि साधारणसभामा प्रस्तुत गर्दै छ ।

यसैगरी, पछिल्लो समयमा खुलेको जनता बैंकले पनि आज नै साधारणसभा राखेको छ । उक्त बैंकले ८.५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव राखेको छ । आजै सिभिल लघुवित्त, फरवार्ड कम्युनीटी माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, माहुली माइक्रोफाइनान्सलगायतले वार्षिक साधारणसभा गर्दै छन् ।

पुसमसान्त भित्र वार्षिक साधारणसभा गर्नु पर्ने भएकाले यो महिनाको अन्त्यमा वार्षिक साधारणसभा गर्नका लागि सूचीकृत कम्पनीलाई चटारो परेको हो ।

२०७५ पुष २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com