back
NMB ad

कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स चल्दैन ः रिमाल

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सार्सफोर्स नचल्ने बताएका छन् । उनले कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषय सफ्टवेयर मार्फत निर्धारण हुने भन्दै कसैले कसैलाई चिनेको भरमा निर्णय नहुने प्रष्ट पारे । हालसम्म ६० हजार कर्मचारी समायोजन प्रकृयामा संलग्न भइसकेको भन्दै अव यो नरोकिने पनि बताए ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) प्रदेश नं ३ संगठन कमिटीले संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) को नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई सम्मानका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रिमालले संघियतामा गइसकेको अवस्थामा सोही अनुरुप सवै संरचना पनि रुपान्तरण हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै रिमालले आगामी साउन देखि पूर्ण रुपमा लागु हुने सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवनमा महत्वपूर्ण परिवर्तन आउने धारणा राखे । उनले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सवै पक्ष एक हुन आग्रह पनि गरे । सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका आधारमा नेपालको विश्वमञ्चमा बेग्लै पहिचान स्थापित हुने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष समेत रहेका जेटीयूसीसीका अध्यक्ष बिनोद श्रेष्ठले जवसम्म मजदुरका यूनियनहरु नाङ्लो पसल जस्तै हुन्छन्, तवसम्म श्रम सम्वद्ध विषयमा धेरै उपलव्धी हासिल हुन नसक्ने ठहरका साथ गठन गरिएको जेटीयूसीसी मार्फत अपेक्षा अनुरुप उपलव्धी हासिल भएको बताए । उनले जिफन्टले सवै यूनियनहरुलाई एकै थलोमा ल्याउन गरेको प्रयासले सार्थकता पाएको भन्दै यदि नेपालका ट्रेड यूनियनहरु एकै ठाउँमा नआएको भएमा हालको उपलव्धी हुँदैनथ्यो भन्ने धारणा राखे । श्रेष्ठले श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतको प्रभावकारी कार्यान्वयनका लागि ट्रेड यूनियनहरुको एकता र सहकार्य अझ बलियो रुपमा अगाडी बढाउनु आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा बोल्दै जेटीयूसीसीका महासचिव पल्टन ठाकुरले संगठित र असंगठित दुवै क्षेत्रका श्रमिकलाई संगठित गर्न जिफन्टले खेलेको भूमिकाको प्रशंसा गरे । यसैगरी जेटीयूसीसी महिला कमिटी संयोजक सुधा दहालले जेटीयूसीसी गठन हुनु पूर्व जिफन्ट र नेपाल ट्रड यूनियन काँग्रेसबीचको सहकार्यबाट प्राप्त उपलव्धीहरुको चर्चा गर्दै यूनियनहरुको सहकार्यले महत्वपूर्ण सफलता मिलेको धारणा राखिन् ।
कार्यक्रममा बोल्दै जिफन्ट ३ नम्वर प्रदेश ईञ्चार्ज तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष जितेन्द्र श्रेष्ठले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जेटीयूसीसी मार्फत ठोस् काम हुनेमा आशा प्रकट गरे । उनले सन् २००० देखि नै नेपालका दुर्ई ठूला यूनियन जिफन्ट र नेपाल ट्रेड यूनियन काँग्रेसबीचको सहकार्यले जेटीयूसीसी निर्माणमा सफलता मिलेको र सो साझा मञ्च मार्फत धेरै महत्वपूर्ण काम भएको धारणा राखेका थिए ।

कार्यक्रममा जिफन्ट प्रदेश नं ३ संगठन कमिटी अध्यक्ष रामहरि नेपालले नेपालको ट्रेड यूनियन आन्दोलनका बारेमा संक्षिप्तमा चर्चा गरे । उनले जिफन्टको अवधारणा अनुरुप जेटीयूसीसीको स्थापना सम्भव भएको भन्दै यो नेपालको ट्रेड यूनियन आन्दोलनको महत्वपूर्ण पक्ष रहेको बताए । उनले कानूनले सवैै श्रमिकलाई समान बनाएपनि व्यवहारमा त्यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको धारणा राखे । कृषि क्षेत्रका श्रमिक, स्वास्थ्य स्वयंसेवी लगायतलाई सामाजिक सुरक्षा कार्यक्रममा कसरी जोड्ने भन्नेमा अझै पनि धेरै चुनौति रहेको उनको भनाई थियो ।
जेटीयूसीसी नेपालका ९ वटा ट्रेड यूनियनहरुको साझा फोरम हो । सो फोरममा नेकपा आवद्ध यूनियनहरु, नेपाली काँग्रेस आवद्ध यूनियन, मधेस आधारित दल सम्वद्ध यूनियनहरु सवै संलग्न छन् ।

२०७५ पुष २९ गते प्रकाशित

वि.सं.२०७५ पुस २९ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...