back
NMB ad

बैंकहरुमध्ये इन्भेष्टमेन्ट बैंकले दियो सबैभन्दा बढी लाभांश

Kumari bank ad

काठमडौं । नेपाल इन्भेष्टमेन्ट बैंक वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश दिने बैंकमा परेको छ । उक्त बैंकले गत आर्थिक वर्षको नाफबाट ४० प्रतिशत लाभांश वितरण गर्दै छ । इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयर र २२ नगद गरी कुल ४० प्रतिशत लाभांश दिएको हो ।
दोस्रो बढी लाभांश दिनेमा नबिल बैंक परेको छ । उक्त बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने भएको छ ।
यसैगरी, तेस्रो बढी लाभांश दिने बैंक एनएमबी बैंक भएको छ । उक्त बैंकले १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिएको छ । चोथौ, बढी लाभांश दिनेमा बैंक अफ काठमाण्डू भएको छ । उक्त बैंकले १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिँदै छ । यसैगरी, पाँचौ बढी लाभांश दिने बैंकमा एभरेष्ट बैंक भएको छ । उसले २० प्रतिशत नगद लाभांश दिएको छ ।
२८ वाणिज्य बैंक मध्ये राष्टिय वाणिज्य बैंकले सर्वसाधरणलाई सेयर जारी गरेको छैन् । बाँकी २७ वाणिज्य बैंकहरुमध्ये ७ वटाले अझै पनि लाभांश घोषणा गरेका छैनन् । अहिलेसम्म २० वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका बैंक मध्ये धेरैले नगद लाभांश मात्र र केहीले बोनस सेयर मात्र र केहीले बोनस र नगद मिलाएर लाभांश दिँदै छन् । केही बैंकले दिएको नगद लाभांश लगानीकर्ताको खातामा गएको छ भने केहीको जाने क्रममा रहेको बैंकको भनाइ छ । अधिकांश बैंकले पुसभित्रै वार्षिक साधारणसभा सम्पन्न गरिसकेकाले लाभांश लगानीकर्ताको खातामा पठाउने कार्य सुरु गरेका छन् ।

२०७५ माघ २ गते प्रकाशित

वि.सं.२०७५ माघ २ बुधवार १०:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...