back
NMB ad

कृषि विकास बैंकको सौराहा शाखाबाट राजस्व संकलन कार्य सुरु

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको सौराहा शाखाबाट राजस्व संकलन कार्य सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय बीरगंन्जका निर्देशक बाबुकाजी थापाले सो निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको बुधबार सौराहामा संयुक्त रुपमा उदघाटन गरे । बुधबार १२ लाख १ हजार रुपैयाँ राजस्व उठेको थियो । उक्त राजस्व बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भई सहज भएको बिचार व्यक्त गरे ।
बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा/गिट्टी/बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत १० लाख रुपैयाँ राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार बिमल बास्तोलालगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।

२०७५ माघ १० गते प्रकाशित

वि.सं.२०७५ माघ १० बिहीवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...