back
NMB ad

प्रदेश सरकारले योजना बैंक बनाएर काम गर्ने : मुख्यमन्त्री पौडेल

Kumari bank ad

जिरी, दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले योजना बैंक बनाएर काम गर्न लागेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई आफ्ना योजनाहरु योजना बैंकमा राख्न पनि सुझाब दिनुभयो । अवका योजनाहरु रोजगारमुखी, उत्पादनमुखी हुनुपर्ने बताउँदै आर्थिक कारोबार तर्फ उन्मुख गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आईतबार दोलखाको पर्यटकियस्थल जिरी नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन तथा नगरको पार्श्विचत्र बिमोचन गर्दै मुख्यमन्त्री पौडेलले हरेक जिल्लामा समानरुपमा विकास गरिने बताउनुभयो । हरेक जिल्लाको फरक फरक बिषेशता रहेको भन्दै उहाँले सोही अनुसार विकासको मोडेल बनाईने जानकारी दिनुभयो । विभिन्न खाले धेरै ठुलो परिवर्तनपछि आज मुलुक नयाँ ढंगले अगाडि बढेको बताउँदै उहाँले जनताको भावना अनुरुप तीनै तहको सरकार चल्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘ राजनीतिक परिबर्तन, ब्यबस्था परिबर्तनलगायत अन्य परिबर्तन पनि भए तर हामी आफैं परिबर्तन हुन सकेनौं ।’ परिवर्तन हुन नसकेकै कारण अझैपनि सोचेअनुसार मुलुकले गति लिन नसकेको भन्दै उहाँले परिवर्तन भएर समृद्धिको यात्रामा सबै हिड्नुपर्ने बताउनुभयो ‘अब परिवर्तन ल्याउने, विकासका लहरहरु सिर्जना गर्ने हाम्रो काँधमा आएको छ’ उहाँले भन्नुभयो ‘ अबपनि हामी चुप लागेर बस्यौ भने हाम्रा सन्ततीको भविष्य अन्धकार हुनेछ ।’ प्रदेशमा धेरै स्रोत र साधन भएपनि परिचालन गर्न असमर्थ भएका कारणले जनता गरिब भएको उहाँको भनाई थियो । अहिलेको गरिबी र पछौटेपनलाई हटाउँदै भविष्यको मार्गचित्र कोर्न आवश्यक रहेको पनि उहाँले सुनाउनुभयो ।

६० बर्षको ईतिहास बोकेको जिरीलाई कमजोर हुन नदिन प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । जिरीलाई सुन्दर बनाउन सरकार भन्दा बढि स्थानीय सक्रिय हुनु पर्छ स्थानीयलाई आफै जिम्मेवार हुन आग्रह पनि गर्नुभयो । जिरीलाई पर्यटकिय नगरी बनाउने अभियान सुरु गर्न आग्रह गर्दै पर्यटकलाई सम्मान सत्कार गर्न पनि सुझाउनुभयो ।

नगरपालिकाका मेयर टङ्क जिरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसदद्वय पार्बत गुरुङ र शान्ति पाख्रीन, ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रदेश सांसदद्वय बिशाल खड्का र डिएन शेर्पा, पुर्बराज्यमन्त्री देवि खड्का, नेकपा का ३ नम्बर प्रदेशका नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, नेकपाका केन्द्रिय सदस्य काशीनाथ अधिकारी, जिल्ला समन्वय समिति दोलाखाका प्रमुख डबल पान्डे, चरिकोट नगरपालिकाला मेयर भरत केसीलगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । यसैगरी जिरी नगरपाकिाका चौरी पालक २० घर परिवारलाई सोलारका दुई÷दुई सेट वितरण गरिएको छ । मोबाइल चार्ज गर्न र चौरीको गोठमा उज्ज्यालो बनाउनका लागि २÷२ थान सोलार सेट वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।

जिरी शहर व्यवस्थित बन्छ

यसैगरी अर्को एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले जिरी नगरपालिकालाई व्यबस्थित शहर बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । आइतबार जिरिमा आयोजित विभिन्न कार्यक्रममा सम्बोधन गर्दै उहाँले नगरपालिकाले योजना ल्याउन आग्रह गर्नु भयो ।
जिरीलाई पर्यटकिय गन्तव्य बनाउन पनि जिरीको समग्र बिकासको जरुरी भएको बताउनु भयो । विगत देखि नै पर्यटनको अधिकतम सम्भावना बोकेको जिरीमा ४ बर्ष भित्र मुहार फेरीने गरि काम गर्न नगर पालिकाले योजाना बनाएर काम सुरु गर्न लागेको भन्दै खुशी व्यक्त गर्नु भयो । आईतवार नै मुख्यमन्त्री पौडेलले जिरी ताल निर्माणका लागि बिस्तृत अध्ययन प्रतिबेदन तयार गर्न नगरपालिकालाई निर्देशन दिनु भयो । जिरीलाई हिल स्टेशनका रुपमा अगाडि लाने प्रदेश सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नु भयो९“ प्रदेश सरकारले निर्माण गर्ने मध्ये एउटा जिरीमा पनि हो ।“ जिरी खोलालाई तालको रुपमा विकास गरेर पर्यटनको थप सम्भावना बिकास हुने भन्दै यस्को निर्माणमा नगरपालिकाले तदरुकता देखाउन सके बिकाश पनि छिटो हुने उहाँको भनाई छ । उहाँले भन्नू भयो९ “ अबको ४ बर्षमा फरक जिरिको अनुभव गर्न सक्ने गरि हामिले काम गर्नु पर्छ ।’
यसैगरी मुख्यमन्त्री पौडेलले आइतबार नै जिरी नगरपालिकाले निर्माण गर्न लागेको ४ नम्बर वडा कार्यलयको भवन र स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गर्नु भएको छ आईतबार नै नगरपालिकाको नक्सा र पर्यटकिय स्थलको जानकारी सहित राखिएको सूचना पार्टिको उद्घाटन गनुभयो । कार्यक्रममा सङ्घीय सांसदद्वय पार्बत गुरुङ र शान्ति पाख्रीन, ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रदेश सांसदद्वय बिशाल खड्का र डिएन शेर्पा, पुर्बराज्यमन्त्री देवि खड्का, नेकपा का ३ नम्बर प्रदेशका नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, नेकपाका केन्द्रिय सदस्य काशीनाथ अधिकारी, जिल्ला समन्वय समिति दोलाखाका प्रमुख डबल पान्डे, चरिकोट नगरपालिकाला मेयर भरत केसीलगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । वडा कार्यालय निर्माणका लागि ९६ लाख खर्च हुने र चालू आर्थिक बर्षमा निर्माण सम्पन्न हुने जिरीका कार्यकारी अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।
यसै गरि आईतवार नै मुख्यमन्त्री पौडेलले जिरी उद्योग वानिज्य संघ का पदाधिकारी हरु सङग भेत गर्नु भएको छ ।

२०७५ माघ १३ गते प्रकाशित 

वि.सं.२०७५ माघ १३ आइतवार २२:२३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...