Logo

आशा लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, सोमबारसम्म १५ गुणा बढीको आवेदन

काठमाडौं । शुक्रबारदेखि खुलेको आशा लघुवित्तको आइपीओ भर्ने आज (मंगलबार) अन्तिम दिन हो । तीन दिनमै करिव १५ गुणा सेयरका लागि आवेदन परेको छ ।  आशा लघु वित्तको आइपीओका लागि शुक्रबार, आइतबार र सोमबार तीन दिनमा ९२ लाख ३ हजार कित्ताका लागि सेयर भरेका छन् । यो माग भन्दा करिव १५ प्रतिशत बढी हो ।

उक्त लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकोे छ ।

आज २२ गतेसम्म भर्न पाइने उक्त लघुवित्तको आइपीओमा अझै धेरै आवेदन पर्ने अनुमान गरिएको छ । आशा लुवित्तको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ता भर्न मिल्ने व्यवस्था गरिएको छ । उक्त संस्थाले सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरिरहेको छ । सेयर खरिद गर्नका लागि सर्वसाधारणले सी–आस्वाको माध्यबाट आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

२०७५ माघ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com