Logo

आशा लघुवित्तको आइपीओमा माग भन्दा १९ गुणा बढीको आवेदन

काठमाडौं । आशा लघुवित्तको आइपीओमा करिव १९ गुणाभन्दा बढी सेयरका लागि आवेदन परेको छ । आशा लघु वित्तको आइपीओका लागि एक अर्ब १९ करोड रुपैयाँको बराबरको सेयर माग भएका छ । उसले ६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर माग गरेको थियो ।
उक्त लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ खुला गरेको हो ।

जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकोे थियो ।

आशा लुवित्तको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ता भर्न मिल्ने व्यवस्था गरिएको थियो । उक्त संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको थियो । सेयर खरिद गर्नका लागि सर्वसाधारणले सी–आस्वाबाट निवेदन दिएका थिए ।

२०७५ माघ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com