Logo

राष्ट्रिय बाणिज्य बैंकले ६ महिनामै कमायो २ अर्ब १७ करोड

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामै २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २२ प्रतिशत भन्दा बढी हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७८ करोड रुपैयाँ कमाएको थियो ।
बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि बढाएको छ । बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी ९ अर्ब ४७ लाख रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ४४ करोड रुपैयाँ राखेको छ । बैंकको पुँजी कोष ११.७३ प्रतिशत, खराब कर्जा अनुपात ३.३० प्रतिशत, सीसीडी रेसियो ६९.२४ प्रतिशत, आधार दर ५.६० प्रतिशत, प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा रहेको छ ।

२०७५ माघ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com