Logo

जनता बैंकको नाफा ९५ प्रतिशतले बढ्यो, ५३ करोड कमायो

काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षको पुससम्ममा ५३ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ९५ प्रतिशत भन्दा बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २७ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।


बैंकले पुसमसान्तसम्ममा ६८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६३ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ८ अर्ब ७ लाख पुगेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ राखेको छ । बैंकको पुँजी कोष १३.६९ प्रतिशत, खराब कर्जा अनुपात १.५३ प्रतिशत, सीसीडी रेसियो ७८.९८ प्रतिशत, आधार दर ११.४ प्रतिशत व्याजदार ४.५१ प्रतिशत र यसको प्रति सेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख गरिएकोे छ ।

२०७५ माघ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com