Logo

आशा लघुवित्तको आइपीओ बाँडफाँट आज ३ बजे, धेरैका हात खाली

काठमाडौं । माग गरेभन्दा करिव १९ गुणा बढी आवेदन परेको आशा लघुवित्तको आइपीओ आज ३ बजे बाँडफाँट हुने भएको छ । कम्पनीले मागे भन्दा अत्याधिक बढी निवेदन परेकाले धेरैको हात खाली हुने सम्भावना छ । न्यूनतम १० कित्ता दिन पनि सकिने अवस्था नभएको सेयर बिक्री प्रवन्धक प्रभु क्यापिटलको भनाई छ । आशा लघु वित्तको आइपीओका लागि १ अर्ब १९ करोड रुपैयाँको बराबरको सेयर माग भएको छ । ३ लाख १३ हजार बढीले सेयरका लागि आवेदन दिएका छन् ।
उक्त लघुवित्तले ६ लाख ७४ हजार कित्ता आइपीओ खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकोे थियो । आशा लुवित्तको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ता भर्न मिल्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com