Logo

२० अर्बको नेपाल पूर्वाधार विकास बैंक खुल्दै

काठमाडौं । २० अर्ब चुक्ता पुँजी भएको नेपाल पूर्वाधार विकास बैंक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सञ्चालनको अनुमति दिएसँगै बैंक सञ्चालनमा आउन लागेको हो ।
पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्य अनुरुप सरकारको १० प्रतिशत र निजी क्षेत्रको ९० प्रतिशत शेयर पुँजी रहने गरी बैंक स्थापना गरिएको हो । बैंकले अनुमति पाइसकेपछि सम्भवत अर्को महिनादेखि सञ्चालनमा आउने छ ।
बैंकले बानेश्वरस्थित कृष्ण टावरमा कार्यालय स्थापना गरिसकेको छ । उक्त बैंक सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई र डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे नियुक्त भइसकेका छन् । ३० जनाभन्दा बढी उद्योगी, व्यवसायी, पूर्वप्रशासकहरु संस्थापक रहेको उक्त बैंकमा ४० प्रतिशत पुँजी सर्वसाधारणबाट जुटाइने छ ।

२०७५ माघ २५ गते प्रकािशत

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com