back
NMB ad

सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा ललितपुरमा दर्ता भएको जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ्ग प्रालीसँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्गको तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरे ।

यो संझौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । तर कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो संझौतामा उल्लेख छ ।

कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ । जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत संझौतामा उल्लेख छ ।

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ ।

यो संझौता २०७७ पुस ३० गतेसम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । बैंकको यो लगानीबाट आर्थिक अवस्था कमजोर भएका मेहनतीहरुले टेम्पो सेवा सञ्चालन गरी उनीहरुको समृद्धिमा टेवा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत रिजालले व्यक्त गरे ।

आफ्नो सेवाकालको १६ औं बर्षमा हिडिरहेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकले यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।

हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको यो बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । त्यस्तै बैंकले पुस मसान्त सम्मको बासलातअनुसार २९१ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।

गएको १ बर्ष भित्र बैंकले एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत ३ वटा शाखामार्फत एटीएम सुविधा उपलब्ध गराउदै आएको उनले जानकारी दिए । । थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा बैंक रहेको छ । त्यसका साथै बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३४ करोड ६८ लाख निक्षेप संकलन गरी, ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । बैंकमा हाल ८५,००० जना सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

२०७५ माघ २७ गते प्रकाशित

वि.सं.२०७५ माघ २७ आइतवार १२:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...