back
NMB ad

जुनसुकै मूल्य चुकाएर भएपनि उपत्यकाबासीलाई चाँडै मेलम्चीको पानी खुवाउनुपर्छ : सभापति खड्का

Kumari bank ad

काठमाडौ । मेलम्ची खानेपानी आयोजना लामो समयसम्म सम्पन्न हुन नसक्दा मेलम्ची आयोजना विवादित बन्दै जान थालेको छ । यसबीच, राजधानीस्थित तराई विकास तथा सञ्चार केन्द्र नेपालले सञ्चालनमा ल्याएको सञ्चार केन्द्र नेपालको हलमा मंगलबार “मेलम्चीको विवाद र समाधान” बिषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संसदीय विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले जुनसुकै मूल्य चुकाएर भएपनि चाँडै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउनुपर्छ । सञ्चारकेन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सभापति खड्काले आयोजनाले आफ्नो कमजोरी ढाकछोप गर्नेभन्दा पनि कमजोरी सुधार्दै आयोजना छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सभापति खड्काले गल्ती गर्नेहरुले इतिहासको कठघरामा उभिनुपर्ने भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार सम्प्रेषण गर्नसमेत आग्रह गर्नुभयो । आयोजनाले सवारी साधनहरुको दुरुपयोग गरेको सन्दर्भसमेत उल्लेख गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलले मेलम्ची खानेपानी आयोजनाको काम ९७ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै सरकार र आयोजनामाथि लाञ्छना नलगाउन आग्रह गर्नुभयो । उहाँले सिएमसीसँग पछिल्लो समय भएको विवादमा सिएमसीकै दोष भएको आरोप लगाउनुभयो । ठेकेदारलाई ३६ करोड नदिएकै कारण भागेको आरोपको खण्डन गर्दै कँडेलले भन्नुभयो –‘यो नियतबस नदिएको नभई उनीहरुले प्रक्रिया पुरा गरेर नआएका कारण भुक्तानी रोकिएको हो ।’ यसबीच उहाँले सिएमसीलाई नेपाल सरकारले २ अर्ब ६५ करोड रुपैँया अनुदान दिएमा काममा फर्कन सक्ने तर्क गर्नुभयो । कार्यकारी निर्देशक कँडेलले सिएमसीले नेपाली उपठेकेदारहरुका १ अर्ब ५० करोड रुपैँया नेपालीहरुको पेमेन्ट गर्न बाँकी रहेको समेत जानकारी गराउनुभयो ।

नेपालका सरकारका पूर्वसचिव पूर्व सचिव भीम उपाध्यायले छिटोभन्दा छिटो मेलम्चीको पानी राजधानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्भव भएसम्म सिएमसी नभए नयाँ ठेकेदार ल्याएर भएपनि पानी ल्याउनेतर्फ हामी सबै केन्द्रित हुनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो –‘१/२ अर्ब खर्च गरेर भएपनि मेलम्चीको पानी राजधानी ल्याउनुपर्छ यसबाट सरकार र आयोजनाले स्याबासी पाउँछ ।’ उहाँले कुनैपनि निर्णय अधिकार क्याविनेटसँग हुने हुँदा यसमा सरकारको निर्णयमा केही कमी कमजोरी देखिएको बताउनुभयो ।

वरिष्ठ पत्रकार विकास थापाले २०७० सालमा सिएमसीसँग ठेक्का सम्झौता हुँदा २०७३ बैशाखमा मेलम्ची आउने घोषणा गरेपनि आजसम्म मेलम्चीको पानी आउन नसक्नु उपत्यकाबासी र मुलुककै लाग दुःखको विषय भएको बताए । उनले आयोजनाले लामो समयदेखि विभिन्न देखाउँदै आयोजना लम्ब्इाएर अनुमानित लागतभन्दा दुई÷तीन गुणा बढी लागत लाग्नु मुलुकलाई आर्थिक भारमा फसाउने नियत भएको बताए । उनले भने सिएमसीलाई आयोजनाले दिनुपर्ने ३६ करोड रुपैँया तोकिएकै समयभित्र नदिएकोले पुन अबौं रुपैँया घाटा व्यहोर्नुपर्ने बताए । उनले भने –‘मेलम्ची आयोजनामा लुटको खेती भइरहेको छ ।’ राजधानीमा प्रदुषित पानीको कारण हजारौं मानिस विरामी परिरहेको भन्दै मेलम्चीको स्वच्छ पानी ल्याउन सके यस्ता खाले समस्याको अन्त्य हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा सिन्धपाल्चोक जिल्लामा समाजसेवी पासाङ तेम्वा लामाले २०४८ पछाडि गठन भएका सरकार र सम्बन्धित मन्त्रालयका सचिवहरु कमिसनको चक्करमा पर्दा मेलम्ची पछाडि धकेलिएको बताए । उनले अबपनि यो वा त्यो बहानामा मेलम्चीको पानी राजधानी नल्याउने षड्यन्त्र भए भावी दिनमा आफूँहरु आन्दोलनमा उत्रने चेतावनी दिए । मेलम्ची खानेपानी आयोजनाको सुरुदेखि हालसम्म कार्यरत इन्जिनियर विज्ञ श्रीराम न्यौपानेले आयोजना सञ्चालन गर्दा खर्च भएको करोडौं रुपैँया तिर्न बाँकी रहेको र कतिपय चेकसमेत बाउन्स भएकाले सप्लायर्सहरुको विचल्ली बनाएर प्रमुख ठेकेदार सिएमसी भागेकाले सरकारले यसतर्फ ध्यान पु¥याउनुपर्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईंले यो वा त्यो बहानामा आयोजनाले काम ढिलाई गर्न नहुने भन्दै पानी खान पाउने नागरिकको अधिकारलाई सरकारले छिटोभन्दा छिटो पूरा गराउन लाग्नुपर्ने तर्क गर्नुभयो । उहाँले सकारात्मक सोचका साथ आयोजनाको लक्ष्य पूरा गराउन सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।

२०७५ फागुन ८ गते प्रकाशित

वि.सं.२०७५ फागुन ८ बुधवार १२:४३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...